पथरी जेसीजको १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम - Crazysaptahik.com

पथरी जेसीजको १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे –२ मा स्थापित श्री हरियाली सामुदायिक वन सभाहलमा पथरी जेसीजको १० औं पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।

कार्यक्रममका प्रमुख अतिथिको तर्फबाट सम्वोधन गर्दै नगरप्रमुख राईले नगरभित्रका भिडभाड हुने सबै विद्यालय, बजार , होटल तथा रेस्टुराँ व्यवसाय र २५ जना भन्दा बढी भेला भएर कुनै पनि कार्यक्रम सञ्चालन नगर्न आह्वान गर्दै नगरस्थित कोरोना भाइरसविरुद्ध रोकथाम तथा नियन्त्रण समितिले गरेको पछिल्लो निणर्य सुनाउन भ्याए ।

नेपाल राष्ट्रिय जेसीजका भाइस प्रेसिडेन्ट समेत रहेका दिपेन्द्र निरौलाले जेसीज पदाधिकारीहरुको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग प्रदान गर्ने बताउँदै कोभिड महामारीका समय सशक्त रूपमा मानवीय सेवा प्रदान गर्ने नेपाल जेसीजको अभियान सफल बनाउन आग्रह गरेका हुन् । उनले पथरीले भौतिक तथा डिजिटल प्रविधिको प्रयोग गरी आफ्नो नेतृत्वमा निखारता ल्याउन समेत सुझाव दिए ।

वर्ष २०२२ को २०२१ का अध्यक्ष प्रदीप फूयालको अध्यक्षतामा भएको कार्यक्रममा गत पूस –१९ सम्पन्न भएको निर्वाचनबाट वर्ष २०२२ की अध्यक्ष अनिता (अनु) राईलाई पद हस्तान्तरण तथा शपथग्रहण गराइएको थियो ।

यस्तै दोस्रो सत्रमा अध्यक्ष अनु राई सहित सबै पदमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई पद तथा गोपनीयताको शपथ दिलाएकी थिइन् । शपथ लिनेहरू क्रमशः कार्यकारिणी उपाध्यक्ष सिताराम दराल (सरोज), कार्यकारिणी उपाध्यक्ष सुवर्ण खत्री, उपाध्यक्ष एलिना दियाली, उपाध्यक्ष निता कुलुङ राई, उपाध्यक्ष निर्माला गिरी (एन्जिला), उपाध्यक्ष सुमन फुयाल, सचिव उज्वल लकान्द्री लगायतलाई पद तथा गोपनीयताको शपथ दिलाएकी थिइन् ।

वर्ष २०२१ की महासचिव अनु राईले पहिलो सत्रको कार्यक्रम सञ्चालन गरेकी थिइन् भने दोस्रो चरणको कार्यक्रम संचालन पूर्व अध्यक्ष समेत रहेका निर्वाचन आयुक्त सन्तोष ढुंगेलले गर्नुभएको थियो ।

कार्यक्रम संयोजक सूवर्ण खत्रीले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा एरिया–ए का अध्यक्ष राजिव बस्नेत, २०२१ का विर्तामोड जेसीज राजेन धिमाल, धरान जेसीज मनिराज अधिकारी, भद्रपुर जेसीज अध्यक्ष खिलानाथ पाण्डे, उर्लावारी अध्यक्ष अशोक धिमाल ,कमल सेन्चुरी सतासीधाम अध्यक्ष, बाहुनडाँगी अध्यक्ष दिपक वराल, मातृ जेसीज लेटाङ जेसीजको अध्यक्ष मनोज विक , जेसीआई अर्जुनधाराका जिवन खनाल, –पथरीशनिश्चरे नगरस्थित कामना विकास बैंक लिमिटेडका प्रमुख रामचन्द्र भट्टराई – प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी कृष्ण खड्का, नेकपा माओवादीका नगरअध्यक्ष दिनानाथ तिमिल्सिना, सिद्धार्थ बैंक पथरीका टीका बहादुर कार्की , कुमारी विकास बैंक लिमिटेडका माधव खरेल लगायतको उपस्थिति रहेको थियो ।

सोहि अवसरमा पद ग्रहण पछि स्वीकारोक्ति मन्तव्य राख्नु हुँदै जेसीज अध्यक्ष अनु राईले पथरीशनिश्चरे राष्ट्रिय जेसीजले चालेका अभियानलाई सफल पार्न आफु लागी रहने प्रतिबद्धता जनाइन् । साथै उनले आजै सोहि कार्यक्रममार्फत मनोनित बोर्डका पदाधिकारीहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएकी थिइन् ।

वर्ष –०२१ को महासचिव समेत रहनुभएकी नवनिर्वाचित जेसीज अध्यक्ष अनिता राईले २०२१ मा उत्कृष्ट कार्य सम्पादन गर्ने पदाधिकारीहरू क्रमशः एलिना दियाली, राजकुमार विश्वकर्मा (तिर्वा), निवेश बस्नेत, निवर्तमान अध्यक्ष प्रदीप फूयाल समेतलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.