ब्राइटनसँग रोकियो चेल्सी, उपाधि यात्रामा धक्का - Crazysaptahik.com

ब्राइटनसँग रोकियो चेल्सी, उपाधि यात्रामा धक्का

ब्राइटनसँग मंगलबार राति १–१गोलको बराबरी खेलेसँगै इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ । सिजनको सुरुआतमा उपाधि यात्रामा पकड बनाउँदै आएको चेल्सी पछिल्ला खेलहरुमा लय गुमाउँदै उपाधिबाट टाढा रहँदै गएको छ । गय राति भ्रमणकारी टोलीमाथि ब्राइटन बाधक बन्यो ।

अमेरिकन एक्सप्रेस कम्युनिटी मैदानमा अग्रता भने चेल्सीले लियो । २८औँ मिनेटमा हाकीम जियेचले गोल गर्दै भ्रमणकारी टोली चेल्सीलाई अग्रता दिलाए । उनले कान्तेको पास सदुपयोग गरेका थिए । तर ६०औँ मिनेटमै एडम वेवस्टेरले गोल गर्दै खेल बराबरी स्थितिमा ल्याए ।

बाँकी समय गोल नहुँदा चेल्सी अङ्क बाँड्न बाध्य भयो । नतिजासँगै चेल्सी २३ खेलबाट ४४ अङ्क सहित तेस्रो स्थानमा छ । जुन शीर्षस्थानको म्यानचेस्टर सिटीभन्दा १२ अङ्कले पछि हो । दोस्रो स्थानको लिभरपुल एक अङ्कले माथि रहेको छ । तर लिभरपुलले दुई खेल कम खेलेको छ । यता, ब्राइटन भने २१ खेलबाट २९ अङ्क सहित नवौँ स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.