आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा - Crazysaptahik.com

आर्सनललाई हराउँदै लिभरपुल फाइनलमा

डिअगो जोटाको दुई गोल प्रेरित लिभरपुल आर्सनललाई २–० ले पराजित गर्दै कारावाओ कपको फाइनलमा प्रबेश गरेको छ । बिहिवार राति आर्सनलको घरेलु मैदानमा भएको दोस्रो लेगमा जोटाले दुई गोल गरेपछी लिभरपुलले ६ वर्ष पछि उपाधिका लागि चेल्सिसंगको भेट पक्का गरेको हो ।

भ्रमणकारी टोली लिभरपुलका लागि जोटाले १९औं र ७७औं मिनेटमा गोल गरे । खेलको ९० औं मिनेटमा थोमसले रातो कार्ड ब्यहोरेपछी घरेलु टोली आर्सनल १० खेलाडीमा सिमित भयो । यस अघि पहिलो लेग गोल रहित बराबरीमा रोकिएको थियो । यस्तै चेल्सीले टोटनहमलाई पराजित गर्दै फाइनल प्रबेश गरिसकेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.