
इल्चेलाई २–१ अन्तरले पराजित गर्दै रियल म्याड्रिड बिहीवार राति स्पेनिस कोपा डेल रेको क्वाटर फाइनलमा प्रवेश गरेको छ । रियलको जितमा इस्को र हाजार्डले गोल गरे ।
पराजित इल्चेका लागि गोन्जालो भेर्डुले गोल गरे । खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन । अतिरिक्त समयको १०३ औं मिनेटमा इल्चेले अग्रता बनायो । गोन्जालो भेर्डुले अग्रता बनाए ।
खेलको १०८ औं मिनेटमा इस्कोले खेल १–१ को अवस्थामा ल्याए । ११५ औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई विजयी गराए । खेलमा दुबै टोली १० खेलाडीमा समेटिएका थिए ।


