पथरीशनिश्चरे नगरभित्रका अति विपन्न नागरिकलाई न्यानो कपडा वितरण - Crazysaptahik.com

पथरीशनिश्चरे नगरभित्रका अति विपन्न नागरिकलाई न्यानो कपडा वितरण

भूमिप्रसाद पाठक
पथरीशनिश्चरे , मोरङको पथरीशनिश्चरे नगरस्थित हाम्रो फाउण्डेसन परिवारद्वारा आयोजित कार्यक्रममा गरिव, असाहाय , अपाङ्गता भएका तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा ( ब्ल्याङ्केट ) वितरण गरिएको छ ।

नगरको जाँतेमोडस्थित आयोजित कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका ईलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी कृष्ण खड्काले नगरका १० वटै वडाका गरिव, असाहाय तथा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा वितरण गर्नु भएको हाम्रो फाउण्डेसन परिवार तथा सामाजिक अभियान्ता प्रदीपकुमार राईले जानकारी दिनुभयो ।

उक्त अवसरमा कार्यक्रम संयोजक तथा सामाजिक अभियान्ता राईले वर्षेनी यस्तो कार्यक्रम संचालन गर्दै आईरहेको र आगामी दिनहरुमा पनि जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोहि कार्यक्रममा लाईन्स क्लब अफ पथरी शनिश्चरेका पूर्वअध्यक्ष रोशन बुढाथोकी , समाजसेवी गणेश थक्लुङ् लिम्बु, समाजसेवी ईन्द्रकुमारी काङ्वा, लगायतले अति विपन्न वर्गका असहाय, गरिव , अपाङ्गता भएका तथा जेठ नागरिकहरुलाई जाडोमा न्यानो कपडा– ब्ल्याङ्केट प्रदान गर्नुभएको थियो भने कार्यक्रमको संचालन संचारकर्मी सुमन कुरूङ्वाङ्ले गर्नुभएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.