इंग्ल्याण्डको खराब प्रदर्शन जारी, वेस्ट इन्डिजसँग पराजित - Crazysaptahik.com

इंग्ल्याण्डको खराब प्रदर्शन जारी, वेस्ट इन्डिजसँग पराजित

इंग्ल्याण्डको ब्याटिङको समस्या टी२० मा देखिँदा वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा पराजित हुन पुगेको छ । अस्ट्रेलियाविरुद्धको एसेजमा निरश प्रदर्शन गरेको इंग्ल्याण्ड वेस्ट इन्डिजसँग ९ विकेटले पराजित बनेको हो ।

बारबाडोसमा भएको खेलमा इंग्ल्याण्ड कुनै समय ७ विकेटको क्षतिमा ४९ रनको दयनीय स्थितिमा रहेको थियो । तर, अन्त्यमा क्रिस जोर्डनको २८ र अदिल रसिदको २२ रनको मद्दतले इंग्ल्याण्डले १९.४ ओभरमा १०३ रन बनायो ।

इंग्ल्याण्डका मात्र चार खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेको थियो । इंग्ल्याण्डलाई सस्तोमा समेट्न जेसन होल्डरले ७ रन खर्चर्दै ४ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको वेस्ट इन्डिजका लागि ब्रान्डन किंगले नटआउट रहँदै ५२ रन बनाएपछि १७ बल बाँकी छँदै उक्त लक्ष्य भेट्टायो । विकेटको हिसाबले टी२० मा इंग्ल्याण्डको सबैभन्दा ठूलो हार हो । पाँच खेलको शृङ्खलाको दोस्रो खेल आइतबार हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.