नेतृत्व विकास तालिम सम्पन्न - Crazysaptahik.com

नेतृत्व विकास तालिम सम्पन्न


क्रेजी साप्ताहिक
दमक –
झापाको दमक ४ स्थित युएनडिपि नेपालको आर्थिक सहयोग र धिमाल महिला संघ केन्द्रिय समितिको आयोजनामा सात दिने नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।
ठुलो अर्नाखाडी दमक ४ मा रहेको धिमाल ग्रामथानको सभा हलमा झापा र मोरङका गरी ३० जना धिमाल महिलाहरुले नेतृत्व विकास सम्बन्धि तालिम लिएको हो । सात दिन सम्म तालिमको सहजिकरण भने ज्ञान तामाङले गरेका थिए ।

कार्यक्रममा बोल्दै धिमाल महिला तथा बालबालीका विभागिय प्रमुख पम्फा धिमालले भन्नुभयो, धिमाल जातिय विकास केन्द्र संग सम्बन्धित संस्थाले यस्तो कार्यक्रम ल्याउन नसकिरहेको, हाल सम्म कार्यगर्दै आउदा यस्तो कार्यक्रम पहिलो पटक भएको भन्दै आश्चर्य मानेका थिइन ।

धिमाल महिलाले लगाउने पेटानी कतै मेलापात जाँदा र मन्त्रीहरु आएकोबेला स्वागत कार्यक्रममा देखिदा मात्र प्रचार हुनेबाहेक अन्य प्रचार प्रसार नरहेको धिमाल जातिय विकास केन्द्रका केन्द्रिय उपाध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथि शान्ती धिमालले बताईन ।

तलिम पश्चात हरेक कुराहरुमा अब्बल, कार्यक्रमहरुमा अग्रणी भुमिका तथा नेतृत्व लिन सक्ने, लिएको ज्ञना र सिप लिए भन्दैमा मख्ख नभई अरुमाझ बाँड्न सक्ने भएको कार्यक्रमका प्रमुख अतिथि धिमाल जातिय विकास केन्द्रका केन्द्रिय अध्यक्ष लोकबहादुर धिमालले महसुस गरे ।

यसै कुरामा कार्यक्रमका संयोजक तथा धिमाल महिला संघा केन्द्रिय अध्यक्ष मन्जु धिमालले सहमती जनाउदै धिमाल महिलाबाट उत्पादित गम्छा, खदा गैर धिमालले प्रयोग गर्दिए केहीमात्रामा धिमाल महिलहरु आत्मानिर्भर रहने बताइन् । तपाइहरुबाट उत्पादन गरीएका हरेक सामाग्री पहिला आफै व्यवसायीक बन्न तर्फ लाग्नुस तपाइहरुले बढीमात्रामा उत्पादनगरी बजार नपाएको खण्मा हामी सबै लिइदिने दमक उद्दोग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले प्रतिद्धता जाहेर गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि धिमाल जातिय विकास केन्द्रका केन्द्रिय अध्यक्ष लोकबहादुर धिमाल, विशिष्ठ अतिथि धिमाल जातिय विकास केन्द्रका केन्द्रिय उपाध्यक्ष शान्ती धिमाल अतिथिहरुमा दमक उद्दोग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, उर्लाबारी उद्दोग बाणिज्य संघका अध्यक्ष सेरबहादुर भण्डारी, धिमाल जातिय विकास केन्द्रका केन्द्रिय सचिव गिरिराज धिमाल, धिमाल महिला तथा बालबालीका विभागिय प्रमुख पम्फा धिमाल, धिमाल जातिय विकास केन्द्रका केन्द्रियहरु मणिराज धिमाल, रोमन्सी धिमाल र ठुलो अर्नाखाडी गाउँटोल अध्यक्ष पुजन धिमाल रहेका थिए भने तालिम अवधिभर कार्यक्रम व्यवस्थापनमा बिरबहादुर धिमाल र सचिन धिमाल रहेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.