सेनेगल र मोरोक्को क्वाटरफाइनलमा - Crazysaptahik.com

सेनेगल र मोरोक्को क्वाटरफाइनलमा

नौ खेलाडीमा सीमित केप भर्डेलाई २–० ले पराजित गर्दै सेनेगल मंगलबार राति अफ्रिका कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेनेगलको जितमा साडियो माने र बाम्बा डीइङले १–१ गोल गरे ।

६३औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा बाम्बाले गोल गर्दै सेनेगललाई २–० को जित दिलाए । खेलमा भर्डे ९ खेलाडीमा समेटिएको थियो ।

भर्डेका प्याट्रिकले २१औँ मिनेट र भोजिन्हाले ५७औँ मिनेटमा रातो कार्ड सामना गरेका थिए । अब सेनेगलले अन्तिम चार प्रवेशका लागि माली र गिनीबीचको विजेतासँग खेल्नेछ । गए राति नै भएको खेलमा विजयी हुँदै मोरोक्को अन्तिम आठमा प्रवेश गरेको छ ।

अर्चराफ हाकिमी र युसुफले गोल गरेपछि मोरोक्कोले मालवीलाई २–१ को नतिजाले पराजित गरेको हो । मालवीको लागि गबादिन्होले सान्त्वना गोल गरे । अब सेमिफाइनल प्रवेशका लागि मोरोक्कोले आइभरी कोस्ट र इजिप्टबीचको विजेतासँग खेल्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.