
क्रेजी संवाददाता
शिवसताक्षी । गायन रियालिटी सो ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे फिनाले सम्मको यात्रा तय गर्न सफल रुक्साना लिम्बुले झापाको शिवसताक्षी–७ मा अवस्थित मिलन चौकमा सांगीतिक प्रस्तुति दिएकी छिन् ।
मंगलबार साँझ मिलन चौकमा आमा सहित आएकी लिम्बुले आफूले द भ्वाइस किड्समा प्रस्तुत गरेको गीतहरु गाएर उपस्थित दर्शकहरुलाई मनोरञ्जन दिलाएकी थिइन् । उनले खेस्सेम्पे, यो मन त मेरो नेपाली हो, किन बढ्दैछ ढुकढुकी, हिजो आज तिम्रो मेरो… लगायतका गीत गाइन् ।
स्थानीय सक्रिय युवा घनेन्द्र इजमले सञ्चालन गरेको सो कार्यक्रममा शिवसताक्षी वडा नं. ७ का वडाध्यक्षको प्रमुख आतिथ्यता रहेको थियो ।
https://www.youtube.com/watch?v=_4j1qSQ9w2A

