पथरीमा भ्वाइसका फाइनलिष्ट रुक्सानालाई सम्मान - Crazysaptahik.com

पथरीमा भ्वाइसका फाइनलिष्ट रुक्सानालाई सम्मान

ईस्वर दुलाल
पथरी । नेपालको पहिलो रियालिटी शो द भ्वाइस किड्स अफ नेपाल–२०७८ को फाइनलिष्ट रुक्साना लिम्बुलाई पथरीशनिश्चरेमा सम्मान गरिएको छ ।

आज किरात याक्थुङ चुम्लुङ नगर शाखा पथरीशनिश्चरेले रुक्सानालाई सम्मान–पत्र सहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा किरात याक्थुम चुम्लुङ केन्द्रीय सदस्य खिनमाया लिम्बु, प्रदेश नम्बर १ सदस्य सन्तोष सेरेङ, सिरिजंघा धार्मिक वनका अध्यक्ष गंगा साँबा, मौसम याक्थुम्बा, गायक तथा संगीतकार देव गुरुङ, गायक तथा म्यूजिक डाईरेकटर ताराबिर पाण्डे, गायक नन्दु गुरुङ, गायक सन्दिप राई लगायतको उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै किरात याक्थुम चुम्लुङ नगर शाखा कमिटीका सचिव प्रेमबहादुर पयाङगु (लिम्बु)ले भावी दिनहरुमा अझ उत्तरोतर प्रगतिको कामना व्यक्त गरेका थिए ।

रुक्सानाले कार्यक्रममा, खेस्सेम्पे, यो मन त मेरो नेपाली हो, किन बढ्दैछ ढुकढुकी, हिजो आज तिम्रो मेरो… लगायतका गीतहरु गाएकी थिइन् ।

रुक्सानाई गीतको अफर
पछिल्लो समय निक्कै नै व्यस्थ रहेका गायक तथा संगीतकार देवीप्रसाद गुरुङको संगीतमा रहेको ‘किन यति धेरै माया बसेको…’ बोलको गीत रुक्सानाले गाउने भएकी छिन् ।

कार्यक्रममा बोल्दै संगीतकार गुरुङले, रुक्सानाको उज्वल भविष्यको कामना गर्दै नन्दु गुरुङसंग डोयट गीत गाउने कुराको जानकारी दिएका थिए ।

यस्तै रुक्सानाले गायक तथा म्युजिक डाईरेकटर ताराबिर पाण्डे तिम्ले खुसी मारेर गयौ बोलको गीत रुक्सानासँग गाउने कुरा कार्यक्रम मार्फत् जानकारी दिएका थिए । रुक्सानाले आफूलाई भोट गरेर यहाँसम्म ल्याउनु हुने सम्पूणर््ालाई यति धेरै मायाका लागि धन्यवाद प्रकट गरेकी थिइन् । कार्यक्रमको सभाध्यक्ष पर्शुराम चोङबाङले गर्नुभएको थियो ।

भिडियो हेर्नुहोस् :-

https://www.youtube.com/watch?v=_4j1qSQ9w2A

 

सम्बन्धित खवर