मोरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्वदेश आइपुगे कप्तान किरण - Crazysaptahik.com

मोरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्वदेश आइपुगे कप्तान किरण

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बु (चेम्जोङ) मोरिसस विरुद्धको मैत्रीपूर्ण खेलका लागि स्वदेश फर्किएका छन् । माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड रिक्रिएसन क्लबबाट व्यवसायिक फुटबल खेलिरहेका कप्तान किरण राष्ट्रिय टोलीको ड्युटीका लागि बुधबार राति नेपाल आइपुगेका हुन् ।

किरणलाई राष्ट्रिय टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । नेपालले यही माघ १५ र १८ गते दशरथ रंगशालमा अफ्रिकन राष्ट्र मोरिसस विरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्दैछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले दुवै खेलका फरक–फरक टोली घोषणा गरिसकेका छन् ।

जसमा कप्तान किरणसहित १२ खेलाडी दुवै टिममा छन् । यस्तै पहिलो पटक क्याम्पमा स्थान बनाएका ९ जना खेलाडी पनि दुई फरक टिम बनाउँदा पहिलो पटक राष्ट्रिय टिममा परेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले मैत्रीपूर्ण खेलमा रंगशालाको कूल क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश अनुमति दिने जनाइसकेको छ । दुवै खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.