धरान जेसीज वर्ष २०२१ को पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम - Crazysaptahik.com

धरान जेसीज वर्ष २०२१ को पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम

क्रेजी संवाददाता
धरान । धरान जेसीज वर्ष २०२१ को पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ ।

धरान १ स्थीत सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा भएको उक्त कार्यक्रममा धरान जेसीज वर्ष २०२१ का पदाधिकारीहरुको बिदाई र वर्ष २०२२ का नवनिर्वाचित पदाधिकारीहरुको स्वागत गरिएको छ । ४६ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा धरान जेसीजको परियोजनाको रुपमा रहेको जुनियर जेसीजको समेत २५औं पदस्थापन समारोह समेत सम्पन्न गरिएको छ ।

धरान जेसीज वर्ष २०२१ का अध्यक्ष मणिराज अधिकारीको सभापतित्व, प्रदेश १ का आन्तरीक मामिला तथा कानुन मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वर्ष २०२२ का लागि निर्वाचित भएको धरान जेसीजको अध्यक्ष अध्यक्ष प्रतीक श्रेष्ठलाई वर्ष २०२१ का अध्यक्ष मणिराज अधिकारीले शपथ ग्रहण गराएका छन् भने नवनिर्वाचित अध्यक्ष प्रतीक श्रेष्ठले आफनो कार्यसमितिका निर्वाचित तथा मनोनित गरेको पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका छन् ।

पदाधिकारीहरुमा कार्यकारिणी उपाध्यक्षद्वय सागर प्रसाई, सलुजा मास्के, कानुनी सल्लाहकार आशिषराज यादब, महासचिव रिशीराम भट्राई, कोषाध्यक्ष आयुष्मा शाक्य, उपाध्यक्षहरु कायुङ राई, राजेन्द्र रिजाल, निशान नेपाल, शुभम् शाक्य, सचिव राजु शाक्य, आर्थिक सल्लाहकार दिपा श्रेष्ठ, जनसम्पर्क अधिकारी रीमा थापा मगर, जुनियर जेसीज संयोजक अनिल श्रेष्ठ, तालिम निर्देशक कृष्ण केसी वर्मा, शाखा सम्पादक खेमकला काङबाङ(आयुष्मा), प्रकरण निर्देशक लोकेन्द्र श्रेष्ठ, संघसंस्था संयोजक ईन्द्रबहादुर कार्की, कोष वृद्धि संयोजक बिदुर थापा, भवन निर्माण संयोजक वर्षा अग्रवाल (श्रेष्ठ), सामुदायिक कार्यक्रम संयोक सुमित्रा राई (सन्जु) र रेकर्ड एण्ड रिकगिनसन अफिसर पुजा अग्रवाल रहेका छन् । यसैगरी धरान जुनियर जेसीज २०२१ का अध्यक्ष साहिल भुजेलले २०२२ का अध्यक्ष आयुुष्मान कार्कीलाई शपथ ग्रहण गराएका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.