नेकपा एकीकृत समाजवादीको शिवसताक्षी–५ वडा कमिटी गठन - Crazysaptahik.com

नेकपा एकीकृत समाजवादीको शिवसताक्षी–५ वडा कमिटी गठन

क्रेजी संवाददाता
पाँचगाछी (शिबसताक्षी) । झापाको शिबसताक्षी–५ पाँचगाछीमा अवस्थित जनता बजारमा नेकपा (एकीकृत समाजवादी)को भेलाले वडा कमिटी गठन गरेको छ ।

सोमबार नेकपा (एकीकृत समाजवादी) नगर कमिटी अध्यक्ष तथा शिवसताक्षी नगरपालिकाका प्रवक्ता नबिन इजमको अध्यक्षता र पार्टी जिल्ला कमिटी सचिव मणी भण्डारीको प्रमुख आतिथ्यतामा शिबसताक्षी–५ वडा कमिटी गठन गरिएको हो ।

वडा कमिटीका अध्यक्षमा बीरेन्द्र राजवंशीलाई सर्वसम्मत चयन गरेको छ । वीरेन्द्र राजवंशीको अध्यक्षतामा ५२ सदस्यीय वडा कमिटीका उपाध्यक्षद्वयमा नारायण नेपाली र प्रेमकुमार थापालाई चयन गरेको छ । यसैगरी, सचिवमा चानवती राजवंशी, सहसचिवद्वय दिनेश कुमार यादब, र धनकुमार ताजपुरीयया रहनुभएको छ ।

यस्तैं, वडा कमिटीका सदस्यहरुमा क्रमशः कृष्ण बास्कोटा, कौशिला साह, साहवर्ता ताजपुरीया, कमला राजवंशी, शोभा राजवंशी, असमिता ताजपुरीया, नयन राजवंशी, शुभम राजवंशी, अशोक ताजपुरीया, मनराज पाण्डे, राम थापा, इन्द्र सापकोटा, तेजबहादुर थापा, पुष्प थापा, प्रेम बहादुर शाह, सन्तोष राई, ललित लिम्बू, देबी रिजाल, शारदा भण्डारी, जीवन श्रेष्ठ, प्रमोद शाह, अभिनारायण ताजपुरीया, सनम पासवन, गोपाल मर्दी, श्रीप्रसाद राजवंशी, अमित ताजपुरीया, देबकुमार ताजपुरीया, महेन्द्र राजवंशी, दुर्गा ताजपुरीया, सुनिता ताजपुरीया, जंगवहादुर ताजपुरीया, उर्मिला राजवंशी, प्रसाद ताजपुरीया, सम्झाना ताजपुरीया, धनकुमार ताजपुरीया, मनकुमार ताजपुरीया, गीता ताजपुरीया, नरेश ताजपुरीया, उमेश ताजपुरीया, देबेन्द्र राजवंशी, लखी टुडु, सुनिता मर्डी, सुनिल हस्ता, सञ्चमाया फेजुम, मैना राजवंशी लगायत रहनुभएको छ ।

पाँचगाछीमा अवस्थित जनता बजारको कनकाई सिचाई कार्यालयमा आज सम्पन्न भेलाद्वारा गठन भएको वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका जिल्ला सचिव मणी भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो ।

नेता भण्डारीले नवगठित कमिटीका पदाधिकारी र सदस्यहरुलाई पाटीसंगठनको गतिविधिमा सक्रिय रहन निर्देशन दिनुहुदै बधाई तथा रचनात्मक र सृजनात्मक कार्याकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सो क्रममा नेकपा (एकीकृत समाजवादी) झापाका सदस्य तथा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य, सोमनाथ गुरागाई, संगठनका झापा उपाध्यक्ष प्रेम राई लगायतका नेताहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस्तै पार्टी नगर कमिटीका सहसचिव मैनालीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन नगर कमिटी सचिव शान्तिराम न्यौपानेले गर्नुभएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.