सेनेगेल तेस्रो पटक अफ्रिकन कपको फाइनलमा - Crazysaptahik.com

सेनेगेल तेस्रो पटक अफ्रिकन कपको फाइनलमा

सेनेगल तेस्रो पटक अफ्रिकन कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ । क्यामरुनमा भइरहेको प्रतियोगिता अन्तर्गत बुधबार राति भएको पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई ३–१ ले पराजित गर्दै सेनेगल लगातार दोस्रो पटक उपाधि नजिक पुगेको हो ।

सन् २०१९ मा पछिल्लो पटक भएको अफ्रिकन कप फाइनलमा सेनेगल अल्जेरियासँग पराजित भएको थियो । त्यसअघि सन् २००२ मा क्यामरुनसँग सेनेगल फाइनलमा पराजित भएको थियो । यसपटक भने साडियो मानेको टोली उपाधि जित्नबाट एक कदम टाढा छ ।

सेनेगललाई जित दिलाउन अब्डोउ डियालो, इद्रिसा गाना गुए र साडियो मानेले गोल गरे । बुर्किना फासोका इब्राहिम ब्लाटी टोरेले एक गोल फर्काए । सन् २०१३ को फाइनलिस्ट बुर्किना फासोले खेलको ७० मिनेटसम्म सेनेगललाई बराबरीमा रोकेको थियो ।

तर त्यसपछि भने ७०औं नेटमा डियालोले र ७६औं मिनेटमा इद्रिसाले गोल गर्दै सेनेगललाई २–० को अग्रता दिलाए । ८२ औं मिनेटमा बुर्किना फासोका ब्लाटी टोरेले गोल गर्दै गोल अन्तर घटाए ।

तर ८७ औं मिनेटमा मानेले गोल गर्दै सेनेगललाई ३–१ को जित दिलाए । अब सेनेगलले उपाधिका लागि घरेलु टोली क्यामरुन र सर्वाधिक ७ पटकको विजेता इजिप्टबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.