अष्ट्रेलियालाई टी–२० विश्वकप जिताएका प्रशिक्षक ल्यांगरले दिए राजीनामा - Crazysaptahik.com

अष्ट्रेलियालाई टी–२० विश्वकप जिताएका प्रशिक्षक ल्यांगरले दिए राजीनामा

अष्ट्रेलियाका पुरुष क्रिकेट टिमका प्रशिक्षक जस्टिन ल्यांगरले राजीनामा दिएका छन् । उनको सम्झौता आगामी जुनमा सकिँदै थियो र, क्रिकेट अष्ट्रेलियाले छोटो समय मात्र लम्ब्याउने प्रस्ताव गरेपछि उनले राजीनामा दिएको बीबीसीले जनाएको छ ।

२०१८ को बल टेम्परिङ प्रकरणपछि ल्यांगरले मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले पछिल्लो तीन महिना टी–२० विश्वकप र एसेज जिताएका थिए । यद्यपि शुक्रबार मात्र इंग्ल्याण्ड क्रिकेटका अन्तरिम निर्देशक सर एन्ड्र्यु स्टार्सले ल्यांगरलाई प्रशिक्षक बनाउने सम्भावना अस्वीकार गरेका छन् ।

इंग्ल्याण्डले अष्ट्रेलियामा एसेज ४–० ले हारेपछि क्रिस सिल्भरउडलाई बिहीबार मात्र मुख्य प्रशिक्षकबाट बर्खास्त गरेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.