
क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले नगरप्रहरीको कामलाई छिटोछरितो प्रविधिमैत्रि बनाउने उदे्श्यका साथ वाकीटाँकीज प्रदान गरेको छ । मंगलबार नगरपालिकाका मेयर खड्ग फागोले ५ थान वाकीटाँकीज नगरप्रहरीलाई हस्तान्तरण गरेका हुन् । नगरप्रहरीले दैनिक जसो गर्दै आएको कामलाई थप सहज बनाउन र नगरपालिकाले आपतकालिन सेवाका लागि संचालन गर्दै आएको दमकलको सेवालाई थप व्यवस्थित गर्न पनि वाकीटाँकीज वितरण गरिएको मेयर फागोले बताए ।
वाकीटाँकीजमा सिमकार्ड प्रयोग गरिने भएका कारण पालिकाको जुनसुकै स्थानमा बसेर पनि सुचनाको आदनप्रदान गर्न सकिने नगर प्रहरी इन्चार्ज याम कार्कीको भनाई छ ।उर्लाबारी क्षेत्रको सडक अतिक्रमण हटाउने, भिडभाड हुने स्थान इलाका प्रशासन कार्यालय मंगलबारे, उर्लाबारी चौक क्षेत्रमा नगरप्रहरीले सेवालाई सहज बनाउन खट्दै आएको छ ।

