
मोरङको मिक्लाजुङ गाउँपालिकामा बुधबारबाट जारी दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तरगत बिहिबारको खेलमा वडा नं. ६ लाई सडनडेथमा ५–४ गोलको जित निकाल्दै वडा नं. ९ बिजयी भएको छ । निर्धारीत समयमा दुबै टिमले केही राम्रा अवसरहरु पाएता पनि बलले जाली चुम्न नसक्दा निर्धारीत समयमा गोल रहित बराबरीमा सकिएपछी खेल सिधै ट्राइवेकरमा धकलिएको थियो ।

ट्राइवेकरमा पनी दुबै टिमले ३–३ गोल गरेपछी लगत्तै खेल सडनडेथमा परिणत भएको थियो । सडन डेथमा वडा नं. ६ लाई हराउदै वडा नं. ९ ले नतिजा हात पारे सङ्गै सेमिफाइनल प्रवेश गरेको हो । खेलका म्यान अफ दि म्याच मिक्लाजुङ वडा नं. ९ का गोल किपर अशिमराज श्रेष्ठ घोषित भए ।

बिहिबारको खेलमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य, उपाध्यक्ष सरला राई, वडाध्यक्षहरुको उपस्थिती रहेको थियो । शुक्रबारको खेल मिक्लाजुङ वडा नं. ३ र वडा ५ बिच मध्यान्ह २ बजे बाट मनोहर जनता मा.वि.को खेल मैदामा हुने खेल व्यवस्थापन समितिका संयोजक मदन श्रेष्ठले बताउनु भयो ।



