एकिकृत सन्थाल बस्ती निर्माणको विवाद मिलाउन मेयर फागो फिल्डमा - Crazysaptahik.com

एकिकृत सन्थाल बस्ती निर्माणको विवाद मिलाउन मेयर फागो फिल्डमा

क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारी(९ स्थित रातेहोली किनारमा बन्न् लागेको सन्थाल जातिको एकिकृत बस्ति निर्माणको कार्यलाई अघि बढाउन उर्लाबारीका मेयर खड्ग फागो सक्रिय रुपमा लागि रहेका छन् । करिव १ वर्ष अघि पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तामझाका साथ एकिकृत सन्थाल वस्ती निर्माण स्थलको शिलान्यायस गरेका थिए ।

शिलान्यासताका सो क्षेत्रमा जोतभोग गरी जिविको पार्जन गर्दै आएका स्थानियहरुले आफुहरुको गाँसको उचित सम्वोधन गर्न भने पनि तत्कालिन सरकारले उनिहरुको भनाइलाई नजरअन्दाज गर्दै बस्ती निर्माणको शिलान्यास गरे सगै सो क्षेत्रमा विवाद उत्पन्न् भएको थियो ।

आज सम्म पनि सो विवाद कायमै रहेको छ । सोही शिलान्यास ताकाको विवाद निराकरण र एकिकृत बस्ती निर्माणको कार्यलाई अगाडी बढाउन् यति बेला उर्लाबारी नगरपालिकाका मेयर फागो स्थानियहरु फिल्डमै वसेर छलफल गरिरहेका छन् । सोही क्रममा शुक्रबार साँझ मेयर फागोले रातेहोली आसपासका स्थानीयसँग सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पदमकुमार मैनालीले सहितको टोलीका साथमा छलफल गरेका छन् ।

छलफलका क्रममा विभागका महानिर्देशक मैनालीले बस्ती निर्माणका लागि टेण्डर आव्हान भएर निर्माणको प्रक्रियामा अगाडी बढेको भएतापनि उत्पन्न् विवादका कारण कामले गति लिन नसकेको बताउदै निर्माण प्रक्रिया अघि बढाउन सहयोग गर्न मेयर फागोसहित स्थानीयबासीलाई आग्रह गरेका छन् । करिव एक वर्ष अघि पूर्व प्रधानमन्त्री एवम नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सो खोला किनारमा ३० करोड लगानीमा निर्माण सम्पन्न गर्ने गरी १ सय ३२ बटा घर निर्माणको योजनालाई अगाडी बढाएको थियो ।

शिलान्यासताका स्थानियहरुले बस्ती निर्माण प्रक्रिया बिस्तृत स्थलगत अध्ययन नगरी अगाडी बढाउदा वषौं देखी आफुहरुले जोतभोग गर्दै आएको जमिन सरकारले बस्ती निर्माणका नाममा हडप्न खोजेको भन्दै विरोध जनाएका थिए । तर उनिहरुको त्यो आवाजलाई तत्कालिन सरकारले सुनेन् र विवादको निराकरण नगरी बस्ती निर्माण क्षेत्रको शिलान्यास गरी पूर्वप्रधानमन्त्री हिडेका थिए ।

त्यसको करिब एक वर्ष पछि निर्माणको प्रक्रिया थालनी गर्न खोजीरहेको शहरी विकास मन्त्रालय अहिले स्थानियहरुले अवरोध सृजना गर्ने भयले कामलाई अगाडी बढाउन स्थानिय सरकार सग समन्वय गर्न खोजीरहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.