क्रेजी संवाददाता
उर्लाबारी । मोरङको उर्लाबारीमा छोराले दाउराको चिर्पट प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छन् ।
उर्लाबारी नगरपालिका – ४ आईतबारेमा अवस्थित घरमै आइतबार बेलुका ४ ः ३५ बजेतिर घरायसी विवादका क्रममा ३५ वर्षीय गंगाप्रसाद भण्डारीले आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई दाउराको चिर्पटले प्रहार गरेका थिए ।
गम्भिर घाईते आमा भण्डारीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा राती १० ः २५ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिनुभयो । हत्या गर्ने गंगाप्रसाद अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

