
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी दोस्रो अध्यक्षकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको सोमबारको खेलमा वडा नं-९ लाई १–० को अन्तरले हराउँदै वडा नं- १ प्रतियोतिाको फाइनल प्रवेश गरेको छ ।

सोमबारको खेल सुरुवात बाट नै निक्कै आक्रमक बनेको थियो । खेलको पहिलो हाफ गोल रहित बराबारीमा सकिएता पनि मध्यान्तर पछिको २८ औं मिनेटमा वडा नं। १ का जर्सी नं-७ का टिम क्याप्टेन दिलिप राईको आकर्षक प्राहारले जाली चुमाउदै टिमलाई १–० को अग्रता दिलाएका थिए। दिलिपको त्यही गोल वडा नं- १ का लागि निर्णायक गोल सङ्गै वडा १ ले फाइनलको यात्रा तय गरेको हो।

मध्यान्तर पछीको खेलमा वडा नं-९ ले केही राम्रा अवसरहरु पाए पनी बलले जाली चुम्न सकेन । सोमबारको खेलमा म्यान अफ दि म्याच वडा नं- १ का टिम क्याप्टेन दिलीप राई घोषित भए । भोलीको दोस्रो सेमीफाइनल खेल मिक्लाजुङ वडा नं ५ र वडा नं-७ बिच मध्यान्ह २ बजे बाट मनोहर जनता मा.वि. को खेल मैदानमा खेल सुरु हुने खेल व्यवस्थापन उप समितिका संयोजक मदन श्रेष्ठले बताए ।



