रोनाल्डोको गोल, म्यानचेष्टर युनाइटेडको जित - Crazysaptahik.com

रोनाल्डोको गोल, म्यानचेष्टर युनाइटेडको जित

दुई पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई २–० ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

खेलको ५१औं मिनेटमा रोनाल्डोले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । यस्तै ब्रुनोले इन्जुरी टाइमको सातौँ मिनेटमा पउल पोग्वाको पासमा गोल गरे । जितपछि २५ खेलबाट ४३ अंक जोड्दै युनाइटेड चौथो स्थानमा उक्लिएको छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौँ स्थानमा छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.