
युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब म्यानचेष्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनलाई ५–० ले पराजित गर्दै क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।स्पोर्टिङको मैदानमा भएको खेलमा सिटीले गोलको वर्षा गरे ।
पहिलो हाफमै चार गोल गरेको सिटीले दोस्रो हाफमा एक गोल मात्र थप्यो । सिटीका लागि बर्नार्डो शिल्भाले १७औं र ४४औं मिनेटमा गोल गरे । रियाद माहारेजले सातौं, फिल फोडेनले ३२औं र रहिम स्ट्रलिङले ५८औं मिनेटमा गोल गरे । बर्नार्डो शिल्भाले ५०औं मिनेटमा गरेको गोलललाई भने भिएरले मान्यता दिएन ।


