श्रेयस कोलकाताको कप्तान नियुक्त - Crazysaptahik.com

श्रेयस कोलकाताको कप्तान नियुक्त

 


कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणको लागि भारतीय ब्याट्सम्यान श्रेयस ऐयरलाई कप्तान नियुक्त गरेको छ । कोलकाताले बुधबार श्रेयसलाई कप्तान नियुक्त गरेको जनाएको छ । आईपीएल आगामी मार्च अन्तिमबाट सुरु गर्ने तयारी छ ।

कोलकाताले यसअघिका कप्तान दिनेश कार्तिकलाई रिलिज गरेपछि नयाँ कप्तानको खोजीमा थियो । केही दिनअघि बेंगलुरुमा भएको मेगा अक्सनबाट कोलकाताले श्रेयसलाई १२ करोड २५ लाख भारुमा अनुबन्ध गरेको हो । त्यसपछि नै श्रेयस कप्तान हुने अनुमान गरिएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.