
आइसीसी टी–२० विश्वकप छनोटको निर्णायक खेलमा नेपालले मंगलबार यूएईसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ ।
नेपाली टोलीमा मंगलबार एक जना खेलाडी परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अलराउन्डर विवेक यादवले टिममा स्थान बनाएका छन् ।
विश्वकप छनोट ग्लोबल क्वालिफायर ए अन्तर्गत सेमिफाइनल चरणको यो खेल जितेमा नेपालले २०२२ को अक्टोबर\नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० विश्वकप खेल्न पाउनेछ ।


