
हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबले बराबरी खेल्दै शहीद स्मारक ‘ए’ डिभिजन लिगको अन्त्य गरेका छन् । बिहीबार दशरथ रंगशालमा भएको खेलमा हिमालयन शेर्पा र फ्रेण्ड्सले १–१ को बराबरी खेलेका हुन् ।
खेलको ७४औं मिनेटमा फ्रेण्ड्सले आत्मघाती गोलमार्फत् पहिले अग्रता लिएको थियो । रोनेल एन्थोनीको फ्रिकिक प्रहारलाई रोक्न खोज्दा हिमालयन शेर्पाका दिवस उरावको हेडर आफ्नै पोष्टमा गोल भएको थियो ।
हिमालयन शेर्पाका लागि ८९औं मिनेटमा बिशोन गुरुङले बराबरी गोल फर्काए ।
बराबरीपछि हिमालयन शेर्पा १३ खेलबाट १४ अंङ्क जोडेर नवौं स्थानमा उक्लेको छ । फ्रेण्ड्स ११ अंकसहित १२औं स्थानमा रह्यो ।


