क्रेजी संवाददाता
लेटाङ । मोरङको लेटाङ नगरपालिकाकी ११ वर्षीया करुणा राई मृतअवस्थामा फेला परेपछि विद्यार्थीहरु र स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
स्थानीय लालझोडा सामुदायिक वनको जंगलमा खाल्डो खनेर गाडिएको अवस्थामा करुणको शव भेटिएपछि हत्यारालाई पक्राउ गरि कडा भन्दा कडा सजाय दिन माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएकी राईको शव खाल्डो भित्र नाङ्गो अवस्थामा उनको शव भेटिएको हो । बलात्कारपछि हत्या गरेर उनको शव गाडिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।
भिडियो हेर्नुहोस् :-
https://www.youtube.com/watch?v=SdsJfHJgAkY