इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ भोलिदेखि सुरु - Crazysaptahik.com

इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ भोलिदेखि सुरु

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे नगरमा इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ सुरु हुँदैछ । यो प्रिमियर लिग दोस्रो संस्करण हो ।

पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने प्रिमियर लिगको लागि इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पोन्सर गर्नेछ । ‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मुख्य नाराको साथ हुने खेलको ९५ प्रतिशात तयारी पुरा भएको पथरीशनिश्चरे प्रिमियर लिग आयोजक समितिका अध्यक्ष संजिव गिरीले जानारी दिए ।

पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)को प्रमुख आतिथ्यतामा हुने उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघको मोरङ जिल्ला अध्यक्ष दिपेन्द्र धिमाल, केन्द्रीय सहसचिव बसन्त अर्याल, इन्ट्रा फाउण्डेशनको तर्फबाट कलाकार रमित ढुंगाना, पथरी उद्योग वाणिज्य संघको अध्यक्ष धनकुमार तामाङ लगायतको उपस्थितिमा भब्य उद्घाटन हुने आयोजक समितिको सचिव मनि लुङ्फुङ्वाले जानकारी दिए ।

लिगको उद्घाटन खेल ‘बि एण्ड बि’ वाई.जी.एफ.टी र शिखर एफसीबीच प्रतिस्पर्धा हुनेछ । यस्तै शिखर एफसीका मेनेजर रंजित कार्कीले साइमन लिम्बू, अर्जुन बस्नेत, निरज परियार (काउली), समिर कटुबाल जस्ता नेपालकै ‘बी’ डिभिजनका स्टार खेलाडीहरुले भरिने भएको हुँदा वाइजीएफटीको सपना चकनाचुर हुने दाबी गरे ।

खेलको अघिल्लो दिन प्रस्ताबित पथरी रंगलशालामा भेटिएका न्यु स्टार एफसीका अध्यक्ष बिरोज मगर, सिरिजंङ्गा एफसीका मौसम लिम्बू, द रियल ब्रदर्शका अध्यक्ष सञ्जोग राई, देबिगञ्ज एफसीका मदन राई लगायतले यो पटक निक्कै मिहिनेत गरेर मैदानमा खेलाडी उतार्न लागेको बताए ।

पहिलो सिजनको फस्ट रनर द रियल ब्रदर्श एफसीले यो पटक पाँच वटा अभ्यास खेल खेलेर तयारी पुरा भएको अध्यक्ष सञ्जोग राईले बताए । यो पटक तिर्थराज बस्नेत, बिशाल पाण्डे, सेनेहाङ्ग लिम्बू जस्ता स्टार खेलाडी मैदानमा उत्रिने राईले बताए । यो पटक च्याम्पियन बन्ने लक्ष्यको साथ तयारी भएको उनको भनाइ छ । पहिलो सिजनमा टेन नवोदयले प्रथम ट्रफी उचालेको थियो । यो सिजनमा पथरीशनिश्चरेको ७ र भुटानी शरणार्थी शिविरको एक गरी ८ वटा टिमले लिगमा प्रतिस्पर्धा गर्नेछ ।

सम्बन्धित खवर