पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उद्घाटनमा आज वाई.जी.एफ.टी र शिखर भिड्ने - Crazysaptahik.com

पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको उद्घाटनमा आज वाई.जी.एफ.टी र शिखर भिड्ने

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ आजबाट सुरु हुँदैछ ।

आज २ बजेबाट हुने उद्घाटन खेलमा बि एण्ड बी वाई.जी.एफ.टी र शिखर एफसी बीच प्रतिस्पर्धा हुनेछ । दुवै टिम पहिलो खेलमा जित निकाल्ने दाउमा छन् ।

पथरीशनिश्चरे नगरपालिकाको मुख्य सहयोगमा हुने प्रिमियर लिगको लागि इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले टाइटल स्पोन्सर रहेको छ ।

‘खेलकुद हाम्रो शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मुख्य नाराको साथ हुने खेलको सबै तयारी पूरा भएको खेल संयोजक तथा आयोजक कमिटीका उपाध्यक्ष बिकी राईले जानकारी दिए ।

पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई (किशोर)को प्रमुख आतिथ्यतामा हुने उद्घाटन कार्यक्रममा अखिल नेपाल फुटबल संघको मोरङ जिल्ला अध्यक्ष दिपेन्द्र धिमाल, केन्द्रीय सहसचिव बसन्त अर्याल, इन्ट्रा फाउण्डेशनको तर्फबाट कलाकार रमित ढुंगाना लगायतको उपस्थितिमा भब्य उद्घाटन हुने आयोजकले जानकारी दिएको छ ।

भिडियो :-

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.