
क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे– ७ मा अवस्थित किर्तीपूरमा सामुदायिक भवनको उद्घाटन भएको छ ।
शनिबार पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई (किशोर)को हस्तवाहुलीबाट रिवन काटी शिला अनावरण गरी भवनको औपचारिक उद्घाटन गरिएको हो ।
सो कार्यक्रममा अथितिहरु क्रमशः मनोज बिक्रम श्रेष्ठ, भुपाल श्रेष्ठ, संजिव गिरी, जहरमान लिम्बु, उमानाथ अधिकारी, बिष्णु धिमाल, गणेश राई, निर्मल भट्टराई, धनबहादुर दर्नाल, राजेन्द्र रिजाल, चन्द्रकुमार केशी, माधव भूजेल, नरेन्द्र थापा, पुकार राई लगायत स्थानीयवासी, समाजसेवी, राजनीतिज्ञहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्त्यव्य राख्दै जहरमान लिम्बुले भने– यस समुदायिक भवन कसैको व्यक्तिगत होइन हामी सबैको साझा हो । त्यसैले यसलाई हामीले संरक्षण गर्नुपर्दछ ।

कार्यक्रममा वडा सदस्य काशीहाङ राईले स्वागत मन्त्यब्य राखेका थिए । वडाका अध्यक्ष कपिल मणि ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममालाई वडाका सचिव सरोज भट्टराईले सञ्चालन गरेका थिए ।

