
पथरी– न्यू स्टार फुटबल क्लबले आफ्नो जर्सी प्रर्दशन गरेको छ । शनिवार किर्तिपुर स्थित किर्तीपुर सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरी आफ्नो क्लबको जर्सी प्रर्दशन तथा वितरण गरेको हो ।
कार्यक्रममा प्रमुख अथिति पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राई, विशिष्ट अथिति विराट गोल्डकपका अध्यक्ष तथा मदन भण्डारी स्पोर्टिङ क्लबका मोरङ जिल्ला उपाध्यक्ष नेशनल मोटर्सका प्रोपाईटर मनोजबिक्रम शाह, अतिथि वडा नम्बर–७ का अध्यक्ष कपिलमणि ढकाल, वडासदस्य काशीहाङ राई स्थानीय सामाजसेवी तथा मदन भण्डारी स्पोर्टिङ क्लबका मोरङ जिल्ला अध्यक्ष भूपाल श्रेष्ठ, पथरीशनिश्चरे फुटबल प्रिमियर लिग २०७८ का अध्यक्ष संजीब गिरी लगायतको उपस्थिति रहेको थियो ।

न्यूस्टार फुटबल क्लबलाई विराट गोल्टकपका अध्यक्ष तथा मदन भण्डारी स्पोर्टिङ क्लबका मोरङ जिल्ला उपाध्यक्ष नेशनल मोटर्सका प्रोपाईटर मनोजबिक्रम शाहले ४० थान जर्सी प्रायोजन गर्नुभएको हो । औपचारीक कार्यक्रममा शाहले क्लबका अनर दिवश खजुमलाई जर्सी प्रदान गर्नुभएको थियो ।

सोही कार्यक्रममा आफ्ना खेलाडीहरुलाई क्लबले ट्राकसुट वितरण गरेको छ ।
खेलाडीहरुलाई पथरीशनिश्चरे नगरपालिका ७ नम्बर वडाअध्यक्ष कपिलमणि ढकालको हस्त वाहुलीबाट प्रदान गरिएको हो ।
दिवश खजुमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमलाई युगल राईले सञ्चालन गरेका थिए ।


