क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा जारी ‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’को मंगलबारको खेलमा शिखर एफ.सी.ले ६ अंक जोड्दै आफ्नो यात्रा अगाडि बढाएकोे छ । दोश्रो चरणको दोश्रो खेलमा शिखर एफ.सी.ले वाइ एफ.सी.लाई १–० गोल अन्तरले आफ्नो क्लबको यात्रालाई अगाडि बढाएको हो ।
पहिलो हाफको अतिरिक्त समयमा शिखर एफ.सी.का दिलकुमार लिम्बुले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । कर्नर किक मार्फत पाएको सुनौलो अवसरलाई सदुपयोग गर्दै उनले गोललाई जाली चुमाउन सफल भएका थिए । खेल अवधिमा वाइ एफ.सी.ले केही निकै राम्रा अवसरहरू पाए पनि जाली भने चुमाउन भने सकेन ।
लिम्बूले गरेको सोही १ गोलनै निर्णायक बन्दैँ शिखर एफ.सी.ले खेल तालिकामा ६ अंक जोड्न सफल भएको छ । वाइएफसी भने दुई खेलबाटै हार बेहोर्दै अंक विहिन बन्न पुगेको छ ।
खेलको म्याम अफ दि म्याच शिखर एफ.सी.का दावा तामाङ घोसीत बने । लामाङलाई कार्यक्रमको प्रमुख अतिथी पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना बिष्ट वास्तोलाको हस्तबाहुलीबाट नगद सहित ट्रफी र मेडल प्रदान गर्नु भयो । भोलीको खेलमा देविगन्ज एफसी र न्यु स्टार एफसी भिड्ने छन् ।