नगरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवस्था सन्तोषजनक - Crazysaptahik.com

नगरमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको अवस्था सन्तोषजनक

क्रेजी संवाददाता
पथरी । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको सूचकमा पथरी शनिश्चरे नगरपालिकाको अवस्था सन्तोषजनक रहेको पाइएको छ ।

स्थानीय तहको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण सम्बन्धी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले नगरपालिका कार्यालयमै राखेको कार्यशालामा त्यस्तो अवस्था रहेको तथ्य प्राप्त भएको हो । सरकारले तय गरेको विभिन्न सूचकका आधारमा स्वमूल्याङ्कनको विधि अनुरुपको परीक्षणमा नगरले सन्तोषजनक अंक प्राप्त गरेको प्रादेशिक प्रशिक्षण केन्द्रका प्रशिक्षक एवम् कार्यक्रम सहजकर्ता मीना विष्टले जनाउनुभयो ।

कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उपसचिव शालिग्राम काफ्ले, लेखा प्रमुख पिताम्बर वस्ती सहित वडाध्यक्ष, शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.