यू–१८ साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा - Crazysaptahik.com

यू–१८ साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

भारतमा हुने साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।यू–१८ टोलीका मुख्य प्रशिक्षक दर्शन भक्तराज लवटले च्याम्पियनसिपका लागि बिहीबार २३ सदस्सीय टोली घोषणा गरेका हुन् ।

प्रतियोगिता भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । नेपाली टोली च्याम्पियनसिपका लागि आइतबार भारत प्रस्थान गर्ने टोलीकी प्रशिक्षक भगवती थापाले जानकारी दिएकी छन् ।

टोलीको कप्तानी राष्ट्रिय टोलीकी सदस्यसमेत रहेकी प्रिती राईले गर्ने प्रशिक्षक थापाले जानकारी दिएकी हुन् । प्रतियोगितामा नेपाल, भारत र बंगलादेश गरी तीन टोलीले सहभागिता जनाउने छ । डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ ।

नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ । दोस्रो खेलमा नेपालले मार्च १७ मा बंगलादेशको सामना गर्नेछ । यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बंगलादेशसँग खेल्नेछ । अंक तालिकाको शीर्षस्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

नेपाली टोलीका खेलाडीहरू

प्रिती राई (कप्तान), सावित्री किशन, लिला जोशी, पूजा थापा, सबिना चौधरी, मन्जुकुमारी खड्का, प्रतिक्षा चौधरी, कुमारी तामाङ, प्रिया बस्नेत, दिव्या यास्माली मगर, दिपा शाही, हिमा रावत, सरस्वती हमाल, शुनकला राई, अन्जली मछामासी, सराह बज्राचार्य, जेनिफर राना, शरिश्मा थापा, सदिपा भोलान, कुशुम खतिवडा, अमिशा कार्की, मनमाया दमाई, गरिमा राई

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.