
क्रेजी संवाददाता
पथरी । नेकपा एमाले पथरीशनिश्चरे ३ नं. वडा कमिटीले देवराज राईको अध्यक्षतामा ५ नं. टोल कमिटी गठन गरेको छ ।
पार्टीका विधानअनुसार गठन गरिएको २१ सदस्यीय टोल कमिटीको उपाध्यक्षमा सुमन निङ्लेकु, सचिवमा कमला दंगाल, उप–सचिवमा क्रमशः तारा खतिवडा र पारस तिम्सिना सदस्यहरुमा क्रमशः छत्रबहादुर गेलाल खत्री, गीता खतिवडा, शिला खड्का, विजय लिम्बू, मनोज लिम्बू, मिनकुमारी विष्ट, रिता भण्डारी, अम्बिका रिजाल, वालकृष्ण रेग्मी, भानु चेम्जोङ, सुमन राई चाम्लिङ, ज्ञाननाथ ढकाल, नरेन्द्रबहादुर जोगी, नरवीर आङ्थुपो, रुद्रमणि सिटौला र दिपक राई रहेका छन् ।
उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरी ७ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । जसमा चन्द्र तिम्सिना, विष्णु प्रधान, हाङनारायण लिम्बू, मनकुमार दर्नाल, लक्ष्मण रिमाल, जान्सी खोक्लिङ लिम्बु र सविना लिम्बू रहनु भएको रहेका छन् ।
नेकपा एमाले १ नं. प्रदेश कमिटी सदस्य मोहन तुम्वापोको प्रमुख आतिथ्यता रहेको टोल कमिटी गठन कार्यक्रम वडा पार्टीको अध्यक्ष गणेश बाछानाको अध्यक्षता र सचिव अर्जुन काफ्लेले सञ्चालन गरेका थिए ।

