सिटीमाथि लिभरपुलको दबाब कायम - Crazysaptahik.com

सिटीमाथि लिभरपुलको दबाब कायम

ब्राइटनविरुद्ध सहज जीत निकाल्दै लिभरपुलले शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीमाथिको दबाब कायम राखेको छ । प्रिमियर लिगमा लगातार आठौँ जीत निकाल्ने क्रममा लिभरपुलले ब्राइटनलाई २–० गोलले हराएको हो ।

लुइस डियाजले खेलको १९ औँ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । खेलको दोस्रो हाफमा ब्राइटनका खेलाडीले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीबाट गोल गर्दै मोहमद शलाहले लिभरपुलको जीत सुनिश्चित गरे ।

यो सिजन इजिप्सियन खेलाडीको यो २० औँ थियो । त्यस्तै, प्रिमियर लिगमा लिभरपुलको २ हजारौँ गोल पनि थियो । २८ खेलबाट लिभरपुलको ६६ अंक रहेको छ । शीर्ष स्थानमा रहेको सिटीमा टोली मात्र ३ अंकले पछि रहेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.