
क्रेजी संवाददाता
झापा । त्रिभुवन आर्मी फुटबल क्लबले पाँचौं संस्करणको झापा गोल्डकप फुटबलको उपाधि आफ्नो पोल्टामा पारेको छ ।
झापाको बिर्तामोडमा अवस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल खेलमा मा घरेलु टोली झापा–११ लाई २–१ गोल अन्तरले हराउँदै आर्मीले लगातार चौंथो पटक उपाधि जितेको हो ।
खेलको १८ औं मिनेटमा टेक बहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएकोमा ं२१ औं मिनेटमा कप्तान जर्ज प्रिन्स कार्कीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
झापाका लागि विमल घर्ती मगरले २४ औं मिनेटमा गोल फर्काए पनि टोली खेलमा फर्किन सकेन । उपाधिसँगै आर्मीले नगद १२ लाख ५५ हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेता झापा ११ ले ६ लाख ५ हजार रुपैयाँ प्राप्त गरेको छ ।

