
क्रेजी संवाददाता
मिक्लाजुङ । चल्तीकी गायिका रचना रिमाल मोरङको मिक्लाजुङमा आउने पक्का भएको छ । मिक्लाजुङ – ५ मा ‘लागूऔषध विरुद्ध युवाहरुको अभियान’ भन्ने मूल नाराका साथ मिक्लाजुङ सांगीतिक कार्यक्रम २०७८ मा रचना आउने भएकी हुन् ।
विशेषतः युवा वर्गलाई लक्ष्यित गर्दै चरम दुव्र्यसनीमा उन्मुख रहेका युवालाई सचेत गराउने हेतुका साथ मिक्लाजुङ युवा समूह मिक्लाजुङ– ४, ५ र ६ को आयोजनामा यही चैत्र ३० गते सिंहदेवी आधारभूत विद्यालयको ग्राउण्डमा सो कार्यक्रम गरिने भएको हो ।
सो सांगीतिक कार्यक्रममा गायिका रचना रिमालका अलवा गायक गायक नन्दु गुरुङ, डान्सर रिया लामा, भूपू ब्याण्ड जाँते, स्थानीय गायक मिलन देवान र मिलन ढकालको पनि बेजोड प्रस्तुति रहने आयोजक समितिका अध्यक्ष लङ्सिङ श्रेष्ठले जानकारी दिए ।

