डिफेन्डिङ च्याम्पियन टेन नवोदयलाई स्तब्ध पार्दै न्यू स्टार फाइनल प्रवेश - Crazysaptahik.com

डिफेन्डिङ च्याम्पियन टेन नवोदयलाई स्तब्ध पार्दै न्यू स्टार फाइनल प्रवेश

क्रेजी संवाददाता
पथरी । डिफेन्डिङ च्याम्पियन टेन नवोदयलाई पराजित गर्दै न्यू स्टार एफ.सी. इन्ट्रा पथरी शनिश्चरे फुटबल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा टेन नवोदयलाई २–१ गोल अन्तरले पराजित गर्दै न्यू स्टारले फाइनलको यात्रा तय गरेको हो । टेन नवोदयका रोशन माझीले खेलको ४५ औं सकेन्डमै गोलको खाता खोलेका थिए । खेलको दोस्रो हाफको ५२ औं मिनेटमा न्यू स्टारका सन्तोष केसीले १ गोल फर्काउर्दै खेललाई बराबरी ल्याएका थिए ।

यसैगरी खेलको ५७ औं मिनेटमा न्यू स्टारले पाएको कर्नर किकलाई गोलमा परिणत गरे । न्यू स्टारका सुरेन्द्र लिम्बुले हानेको कर्नर किक टेन नवोदयका खेलाडी राजन तामाङले गोल बचाउ प्रयास गर्दा आत्मघती गोल लागेका थियो ।

खेलको म्यान अफ द म्याच न्यू स्टारका दिपेन माझी घोषित भए । माझीलाई कार्यक्रमका प्रमुख अतिथि मनोजविक्रम शाह, खेल आयोजक समितिका अध्यक्ष सन्जिव गिरी, खेल समितिका सदस्य दिपक पुलामी लगाएतले हस्तान्तरण गरे।

आजको दोस्रो सेमिफाइनल खेल समूह ‘ए’ बाट शिखर एफसी र ‘बी’ बाट द रियल ब्रदर्श विच हुने आयोजक समितिका सचिव मनि लुम्फुवा लिम्बुले जानकारी गराए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.