पाख्रिन समाजको वार्षिक साधारणसभा - Crazysaptahik.com

पाख्रिन समाजको वार्षिक साधारणसभा

भूमिप्रसाद पाठक
पथरी । मोरङको पथरी शनिश्चरे– १ मा रहेको प्रेयसी होटलमा प्राख्रिन समाज पथरी शनिश्चरेको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पथरीशनिश्चरे नगर प्राख्रिन समाजले आयोजना गरेको उक्त कार्यक्रममा प्राख्रिन समाजका केन्द्रिय उपाध्यक्ष जय प्राख्रिनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सोही कमिटीको जिल्ला सल्लाहकार दिलबहादुर तामाङ विशिष्ट अतिथि रहनुभएको थियो ।

प्राख्रिन समाज झापा जिल्ला अध्यक्ष राजकुमार तामाङ अतिथि रहनु भएको कार्यक्रममा प्राख्रिन समाजको प्रगति विवरण तथा प्रतिवेदन समेत प्रस्तुत गरिएको थियोे । कार्यक्रममा २७ जना प्राखिन समाजका सदस्यलाई आजीवन प्रमाण – पत्र प्राख्रिन समाजका केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथिसमेत रहनुभएका जय प्राख्रिनले वितरण गर्नुभएको थियोे ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.