शिक्षकद्वारा बालिकालाई जबर्जस्ती प्रयास, झडपमा एक प्रहरीको मृत्यु - Crazysaptahik.com

शिक्षकद्वारा बालिकालाई जबर्जस्ती प्रयास, झडपमा एक प्रहरीको मृत्यु

क्रेजी संवाददाता
लेटाङ । मोरङको लेटाङ – ५ मा स्थापित शिक्षा विकास माध्यमिक विद्यालय परिषर शनिबार दिनभरि तनाबग्रस्त रह्यो ।
विद्यालयमा ६ कक्षा अध्ययनरत १२ वर्षीय किशोरीलाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले जबरजस्ती प्रयास गरेपछि विद्यार्थीहरुले शिक्षक विरुद्ध शनिबार दिनभरि नाराबाजी गरेका थिए ।

शुक्रबार होलीको दिन ५६ वर्षीय शिक्षक पौडेलले बालिकाको घरमै गएर जबरजस्ती बलात्कारको प्रयास गरेका थिए । घरमा कोही नभएको बेला पुगेका शिक्षक पौडेलले जवरजस्ती गरेपछि बालिकाले चिच्याएर प्रतिकार गरेकी थिइन् । बालिकाको प्रतिकार पछि पौडेल त्यहाँबाट भागेका थिए । पौडेल सोही विद्यालयका निमावि तहका सामाजिक शिक्षक हुन् ।

यो भन्दाअघि पनि पटक–पटक किशोरीहरू माथि झम्टिएका पौडेललाई स्थानीय अभिभावक र विद्यालयको प्रशासन बसेर पुनः यस्ता घटना नदोहो¥याउन चेतावनी दिएका थिए ।

आफ्नै विद्यार्थीलाइ जवरजस्ती गरेपछि शिक्षा विकास माविका आक्रोशित विद्याथीहरुले शनिबार विहानैदेखि आन्दोलन गरेका थिए । उत्तेजित विद्यार्थीले शिक्षक पौडेलको को २७ प १९२१ नम्बरको मोटरसाइकलमा आगजनी समेत गरेका छन् भने पीडित विद्यार्थीको लागि ल्याइएको एम्बुलेन्स समेत तोडफोड गरेका थिए ।

आन्दोलन चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ४० राउण्ड बढी अश्रुग्यास प्रहार गरेको थियो । प्रहरी र विद्यार्थी बिचको झडपमा एक प्रहरी महिलाको मुत्यु भएको छ भने ४ विद्यार्थी समेत घाइते भएका छन् । स्थिति अझै नियन्त्रणमा आउन सकेको छैन । अहिले आरोपीत शिक्षकलाइ इलाका प्रहरी चौकी लेटाङमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाको केही क्षेत्रमा बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.