वडामा बाख्रा उपहार साटासाट कार्यक्रम - Crazysaptahik.com

वडामा बाख्रा उपहार साटासाट कार्यक्रम

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरले रोजगारीका लागि अघि सारेको पशुपंक्षी पालन कार्यक्रम अन्तर्गत आइतबार ४ नम्बर वडामा बाख्रा उपहार साटासाट भएको छ ।

नगर प्रमुख दिलिपकुमार राईको अगुवाई तथा वडा सदस्य अमर बराइली र तुलसादेवी दर्जीको सहभागितामा देउराली बाख्रा पालन समूहले शनिश्चरे बाख्रा पालन समूहका १० जना कृषकलाई १,१ वटा बाख्राका पाठी उपहार प्रदान भएको पशुपंक्षी शाखाका प्राविधिक पर्वत साहले जनाउनु भयो ।

आर्थिक विपन्न परिवारलाई नगरले विउ पूँँजी उपलब्ध गराएपछि त्यसबाट उत्पादित बाख्रा वा बंगुरको पाठी आफु जस्तै समस्यामा रहेका परिवारलाई उपहार उपलब्ध गराउने कार्यक्रम अघि बढाइएको छ ।

नगरले २ वर्षअघिबाट प्रत्येक वडामा १० जनाको समूहमा ७० हजारका दरले बाख्रा र बंगुरपालनमा विउ पूँजी उपलब्ध गराएको थियो । जसबाट यसअघि वडा नम्बर २ र ९ मा बंगुरको उपहार साटासाट कार्यक्रम भइसकेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.