
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले वडा नम्बर १ मा अवस्थित शिखर चोकमा गायक अर्जुन सेञ्चुरीको घरमा भएको आगलागीको आज निरीक्षण गर्नुभएको छ ।
उपप्रमुख वास्तोलाले घरमा पुगी आगलागीले पुगेको क्षतिको अवस्थाका बारेमा जानकारी लिनु भयो । इलाका प्रहरी कार्यालयले आगलागीबाट करीव २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको मुचुल्का तयार गरेको छ ।
गएराती १ बजेको समयमा सेञ्चुरीको घरको दोस्रो तलामा रहेको भान्सा कोठामा विद्युत सर्ट भई आगलागी भई त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । स्थानीयबासी जुटेर भान्सा कोठाको आगो अन्यत्र सर्न नदिइ नियन्त्रण गर्न सफल भएका थिए ।

