
क्रेजी संवाददाता
पथरी । नेकपा एमाले प्रदेश सदस्य मोहन तुम्बापोले पथरीशनिश्चरेमा नेकपा एमालेप्रति थप लहर बढ्दै पार्टीलाई स्थानीयले आशाको केन्द्रका रुपमा लिएर अघि बढिरहेको बताउनुभएको छ ।
पथरी शनिश्चरे ७ नम्बर वडामा आठौं टोल कमिटी गठनका क्रममा लामाटोलमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउदै सवै सक्रिय भएर स्थानीय निर्वाचनमा लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा, जिल्ला कमिटी सदस्य यमुना विष्ट वास्तोला, नगर कमिटी अध्यक्ष रमेश दाहाल सहितले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अमिर कार्कीको अध्यक्षतामा २१ सदस्यीय लामाटोल टोलकमिटी र बिक्रम तामाङको अध्यक्षतामा राष्ट्रिय युवासंघ वडा कमिटी गठन भएको छ ।

