साझेदार मित्र भेटघाट तथा एएमएल सीएफटी तालिम - Crazysaptahik.com

साझेदार मित्र भेटघाट तथा एएमएल सीएफटी तालिम

पवित्रा पौडेल
ईटहरी । आई पे रेमिटको आयोजनामा साझेदार मित्र भेटघाट तथा एएमएल सीएफटी तालिम कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार कम्पनीका प्रवन्ध निर्देशक इन्द्र शर्माको प्रमुख आतिथ्यता भएको कार्यक्रममा कम्पनीका सेल्स तथा मार्केटिङ हेड रुप नारायण श्रेष्ठले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

इटहरीको एभरेष्ट बैंक्युटमा भएको कार्यक्रममा सुनसरी र मोरङका रेमिटेन्स सञ्चालन गर्ने सम्पूर्ण संस्था तथा प्राइभेट एजेन्टहरूलाई निमन्त्रणा गरिएको थियो ।

कार्यक्रममा एएमएल र सीएफटी तालिमको सहजीकरण ट्रेजरी डिमार्टमेन्ट हेड दीपक ठकुरीले गरेका थिए भने कार्यक्रम सञ्चालन सुमन नेपालले गरेका थिए ।

सम्बन्धित खवर