टोल स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शान्तिचौक विजयी - Crazysaptahik.com

टोल स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा शान्तिचौक विजयी

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरेमा पथरी शनिश्चरे वडा नं.२ टोल स्तरीय फुटबल प्रतियोगिता २०७८ आजबाट सुरु भएको छ ।

उद्घाटन खेलमा शान्ति चौकले देविगञ्जलाई १–८ को विशाल अन्तरले पराजित गर्दै विजयी यात्रा सुरु गरेको हो । शान्ति चौकका लागि खेलको १ मिनेटमै गोपाल घिमिरेले गोलको खाता खोलेका थिए । यसैगरी क्रमशः शंकर राईले दोस्रो हाफमा २ गोल र मदन राई खेलेको १८ औं मिनेटमा १ गोल र दोस्रो हाफपछि ४ गोल गरी जम्मा ५ गोल गर्न सफल भए ।

खेलमा देविगन्जका तर्फबाट एक मात्र सान्तवना गोल पर्शुराम राईले गरेका थिए । खेलको म्यान अफ द म्याच विजेता टिमका ५ गोलकर्ता मदन राई घोषित भए ।

उद्घाटनको खेलका प्रमुख अतिथि वडा नं. २ का वडाध्यक्ष तथा नगर प्रवक्ता यामप्रसाद गुरागाई रहनुभएको थियो । भोलिको खेल बुद्ध चौक ‘ए’ र बक्रे चौक बीच हुने आयोजकका नैना राईले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.