
क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट बास्तोलाले नगरका महिलाहरु नेतृत्व लिने सहितका हरेक क्षेत्रमा सक्रियता बढाउनु आवश्यक रहेको बताउनुभएको छ ।
सोमबार उपप्रमुख वास्तोलाले नगरपालिकाको सहयोगमा दक्षिणा रिसर्च एण्ड ट्रेनिङ सेन्टरको आयोजनामा नगरमा सञ्चालित क्षमता विकास तथा महिला सशक्तिकरण सम्बन्धी ३ दिने तालिमको उद्घाटन्का क्रममा सो कुरा बताउनु भएको हो ।
बास्तोलाले महिलाहरुले हरेक क्षेत्रमा आफ्नो अधिकारलाई व्यवहारिक रुपमा उपयोग गर्नका लागि आफ्नो सक्रियता थप आवश्यक रहेकामा जोड दिनुभयो ।
नगरका जनप्रतिनिधि महिला र मेलमिलाप केन्द्रका महिलाहरुका लागि आयोजित तालिममा अधिकारकर्मी शोभा बजगाईं, सुशीला सुवेदी सहितले सहजीकरण गर्नुभएको छ ।

