आईपीएलमा नवप्रवेशी गुजरातको सुखद् सुरुआत - Crazysaptahik.com

आईपीएलमा नवप्रवेशी गुजरातको सुखद् सुरुआत

नवप्रवेशी गुजरात टाइटान्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा सुखद् सुरुआत गरेको छ। अर्को नयाँ टोली लखनउ सुपर जायन्टलाई ५ विकेटले पराजित गर्दै गुजरातले विजयी सुरुआत गरेको हो ।

सोमबार राति भएको आफ्नो पहिलो खेलमा लखनउले दिएको १५९ रनको लक्ष्य पछ्याएको गुजरातले २ बल बाँकी हुँदै १६१ रन बनाएर लक्ष्य भेटाएको हो । ​गुजरातका राहुल तेवातीयाले सबैभन्दा धेरै ४० रन बनाएर जितका लागि योगदान गरे ।

कप्तान हार्दिक पाण्ड्याले ३३, म्याथु वेड र डेभिड मिलरले ३०÷३० रनको योगदान गरे । बलिङतर्फ लखनउका दुश्मान्थ चमेराले दुई विकेट लिए । पहिले ब्याटिङ गरेको लखनउले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १५८ रन बनाएको थियो ।

लखनउका दीपक हुड्डाले ५५ र र आयुष बधोनीले ५४ रन बनाएर अर्धशतकीय पारी खेले भने ​कुर्नाल पाण्ड्याले २१, इभिन लुइसले १०, क्विनटन डे ककले ७, मनिस पाण्ड्याले ६ र दुशमान्थ चमेराले १ रन जोडेका थिए ।

कप्तान केएल राहुल भने पहिलो बलमै आउट भएका थिए । गुजरातका मोहम्द श्वामीले तीन विकेट लिए । उनी प्लेर अफ द म्याचसमेत बने । त्यस्तै भरुन अरोनले दुई विकेट लिए ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.