आयोजक ‘बी’लाई पराजित गर्दै शान्ति चौक फाइनलमा प्रवेश - Crazysaptahik.com

आयोजक ‘बी’लाई पराजित गर्दै शान्ति चौक फाइनलमा प्रवेश

क्रेजी संवाददाता
पथरी । पथरी शनिश्चरे वडा नं.२ टोल स्तरीय फुटबल प्रतियोगिता २०७८ को आज भएको पहिलो सेमिफाइनल खेलमा शान्ति चौक विजयी हुँदै फाइनलको यात्रा तय गरेको छ ।

आयोजक बुद्ध चौक ‘बी’ लाई १ को विरुद्ध ५ गोल गर्दै शान्ति चौक फाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफमा २ गोल र दोस्रो हाफमा २ गोल गर्दै शान्ति चौकका शंकर राई एक्लैले ४ गोल गर्न सफल भए । यस्तै दोस्रो हाफमा शान्ति चौकका नरेश श्रेष्ठ १ गोल थपे । आयोजक बुद्ध चौक ‘बी’को तर्फबाट एक मात्र गोल दीपक राई दोस्रो हाफको अन्त्यतिर फर्काए । अन्ततः ५–१ को फराकिलो अन्तरले शान्चिौक विजयी बन्यो ।

खेलको म्यान अफ द म्याच ४ विजेता टिमका ४ गोलकर्ता शंकर राई घोषित भए । भोलिको दोस्रो सेमिफाइनल खेल आयोजक बुद्ध चौक ‘ए’ र सृजना चौक बीच हुने आयोजकका बिकी राईले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.