इटहरी अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपको सेमिफाइनल प्रवेश - Crazysaptahik.com

इटहरी अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपको सेमिफाइनल प्रवेश

क्रेजी संवाददाता
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका जहदा रंगशालामा जारी अन्तर पालिका स्तरीय प्रथम अध्यक्ष कपको अन्तिम क्वाटर फाइनल खेलमा इटहरी उपमहानगरपालिका विजयी भएका छन् ।

बुधबार भएको खेलमा इटहरी उपमहानगरपालिकाले उर्लाबारी नगरपालिकाकालाई ० को विरुद्ध ४ गोलको अन्तरले इटहरी विजयी हुदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफको ५ औं मिनेटमा इटहरीका सुमिन तामाङले १ गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । खेलको १० औं मिनेटमा उमेश राईले थप १ गोल गर्दै ०–२ को गोल अन्तर बनाएका थिए । दोस्रो हाफमा खेलको ५२ औं मिनेटमा इटहरीका तर्फबाट सुमिन तामाङले पुनः १ गोल थप्दै टिमलाई अझ बलियो बनाएका थिए । खेलको ५५ आंै मिनेटमा इटहरीकै उत्सव राईले गोल गर्दै खेललाई ०–४ को अन्तरमा बनाएका थिए ।

खेलको म्यान अफ दी म्याच विजेता टिमका अर्विन राई घोषित भए । आजको पहिलो सेमिफाइनल खेल कानेपोखरी गाउँपालिका र बेलबारी नगरपालिका बीच हुने आयोजक समितिका अध्यक्ष चरण गुरुङले जानकारी दिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.