मुचुल्का तयार गर्न स्थलगत अध्ययन - Crazysaptahik.com

मुचुल्का तयार गर्न स्थलगत अध्ययन

क्रेजी संवाददाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा अघिल्ला आयोगबाट अधुरा रहेका कामलाई पूर्णता दिनका लागि राष्ट्रिय भूमि आयोगले माग गरे अनुसार मुचुल्का तयार गर्न स्थलगत अध्ययन थालिएको छ ।

जस अन्तर्गत नगरपालिकामार्फत वडा कार्यालयले वडा नम्बर १० मा स्थलगत अध्ययन गरिएको छ । वडाध्यक्ष सागर राईको अगुवाईमा कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य तथा कर्मचारीको टोलीले जग्गाको हालको अवस्था बुझन् स्थलगत अध्ययन गर्दै मुचुल्का तयार पारेर आयोगलाई पठाउने काम अघि बढाएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.